नेइमारलाई क्लबमा भित्र्याएपछि पिएसजीको विजयी सुरुवात

नेइमारलाई क्लबमा भित्र्याएपछि पिएसजीको विजयी सुरुवात


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २२ साउन २०७४
  • 9.7K
    Shares

२२ साउन, एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ‘पिएसजी’ ले लिग वानमा विजयी सुरुवात गरेको छ । किर्तिमानी मुल्यमा ब्राजिल स्टार फरवार्ड नेइमार अनुबन्ध गरेपछि शनिवार राति भएको पहिलो खेलमा पिएसजीले एमियन्जलाई दुई शुन्यले हराएको हो ।

पिएसजीका लागि एडिसन काभानी र हाबियर पास्तोरेले एक एक गोल गरे । बार्सिलोनाबाट २० करोड पाउण्डमा ‘पिएसजी’ आएका नेइमार भने यो खेलमा मैदानमा थिएनन ।

क्लवले अनुबन्धन सम्बन्धी कागजात समयमा पेश गर्न नसकेकाले नेइमारले दर्शक दीर्घामा बसेर टिमको हौसला बढाएका थिए ।

पिएसजीको रंगशाला पार्क डेस प्रिन्सेसमा नेइमारको भव्य स्वागत गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार