उपचारको क्रममा कुवेतमा एक नेपाली महिलाको ज्यान गएको छ। झापाको बाहुनडाँगीकी खेममाया लिम्बुको फ्रवानिया अस्पतालमा बिहीबार निधन भएको हो।
लेवर क्याम्पको शौचालय जाँदा बेहोस भएको र तत्काल स्थानीय प्रहरीको सहयोगमा अस्पताल पुर्याइएको थियो। लिम्बु ५ वर्ष अघि कुवेत आएर तान्जिप्को क्लिनिङ कम्पनीमा कार्यरत हुनुहुन्थ्यो।