पोखरा / मनाङ र लमजुङसँग सीमा जोडिएको कास्कीको मादी गाउँपालिकाले अन्नपूर्ण हिमशृंखलाको फेदीसम्म केबलकार पुर्याउने योजना सार्वजनिक गरेको छ ।
प्रथम बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका प्रमुख वेदबहादुर गुरुङले पर्यटकीय गाउँ सिक्लेसदेखि कोरीको लेकसम्म केबलकार पुर्याउने योजना सुनाए । गाउँपालिकाको केन्द्र याङ्जाकोटमा बुधबार भएको गाउँसभामा पर्यटन गुरुयोजना बनाएर बहुवर्षीय नीतिअनुरूप केबलकार निर्माणलाई अगाडि बढाउने गुरुङले बताए ।
पहिलो बजेटमा केबलकारको सम्भाव्यता अध्ययन गर्न ६ लाख रुपैयाँ छुटयाइएको छ । ‘निजी क्षेत्रको सहभागितामा केबलकारको निर्माण हुनेछ,’ उनले भने, ‘त्यसमा स्थानीयको सहभागितालाई सुनिश्चित गरिनेछ ।उनले केबलकार निर्माणपछि पोखरा पुग्ने पर्यटकको ठूलो हिस्सा मादी गाउँपालिकामा आकर्षित गर्न सकिने बताए ।
५ हजार फिटको उचाइमा रहेको सिक्लेसको भुलकचादेखि १५ हजार फिटमा रहेको कोरीसम्म केबलकार पुर्याउने गाउँपालिकाको योजना छ