समान मत प्राप्त गरेपछि गोलाप्रथा मार्फत गाउँपालिकाको अध्यक्षमा एमालेकी मेनुका काफ्ले चयन

समान मत प्राप्त गरेपछि गोलाप्रथा मार्फत गाउँपालिकाको अध्यक्षमा एमालेकी मेनुका काफ्ले चयन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २० असार २०७४
  • 7.1K
    Shares

झापाको कमल गाउँपालिकाको अध्यक्षमा गोलाप्रथा मार्फत एमालेकी मेनुका काफ्ले चयन हुनुभएको छ । काफ्ले र नेपाली कांग्रेसका हुकुमसिंह राईले अन्तिम मतपरिणाममा समान ८ हजार २ सय ७५ मत प्राप्त गरेपछि अन्तिम निर्णय गोलाप्रथाबाट गरिएको थियो ।

सहायक निर्वाचन अधिकृत राजकुमार शाक्यका अनुसार शुरुमा काफ्लेलाई गोला तान्न दिइएको थियो । उहाँले सुरुमै गोला आफ्नो पक्षमा पार्न सफल हुनुभएको हो । यो संगै काफ्ले स्थानीय तह निर्वाचनमा प्रदेश नम्बर १ बाट प्रमुख पदमा निर्वाचित हुने पहिलो महिला बन्नुभएको छ ।

निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ । गाउँपालिकाको उपाध्यक्षमा एमालेकै बेदु सिवाकोटीले ९ हजार ४ सय १८ मत प्राप्त गरी विजयी भईन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपा गौतमले ४ हजार ९ सय ९२ मत प्राप्त गरिन् ।

प्रतिक्रिया