पश्चिमाञ्चल क्षेत्रीय नवौं राष्ट्रपति रनिङ सिल्ड खेलकुद पोखरा रंगशालामा सुरु

पश्चिमाञ्चल क्षेत्रीय नवौं राष्ट्रपति रनिङ सिल्ड खेलकुद पोखरा रंगशालामा सुरु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २० असार २०७४
  • 11.2K
    Shares

पश्चिमाञ्चल क्षेत्रीय नवौं राष्ट्रपति रनिङ सिल्ड खेलकुद  पोखरा रंगशालामा सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाल दाहालले खेलकुद पर्यटनको विकासले नै मुलुककको आर्थिक सम्वृद्धीको आधार वलियो हुने तर खेलकुदमा राज्यको लगानी न्युन भएकाले खेलकुदको विकास सम्भव हुन नसकेको वताए ।
आफुले यस क्षेत्रको खेलकुदलाई एकदमै नजिक वाट नियालिरहेको वताएका सचिव दाहालले पोखरालाई खेलकुलको पर्यटन राजधानीको रुपमा विकास गर्नु पर्ने कुरामा जोड दिए । सचिव दाहालले यस क्षेत्रको खेलकुदको पुर्वाधार विकास गर्न यस पटक ३ करोड पठाइएको र आगामी वर्षका लागि पुर्वाधार विकासका गर्न थप २५ करोड विनियोजन गरिने जानकारी दिए । 

प्रतियोगितामा ८ खेलमा पश्चिमाञ्चलका १६ जिल्लाका करिब १ हजार ३ सय ७८ खेलाडीले भाग लिएको आयोजक पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जानकारी गराए ।

पहिलो दिन एथलेटिक्समा नवलपरासीले दुई, गुल्मी र रूपन्देहीले एक/एक स्वर्ण पदक जितेका छन् । १५ सय मिटर दौडमा छात्रतर्फ नवलपरासीका विवेक रेग्मी, लमजुङका आदित्य मगर र कास्कीका विनोद गुरुङ तथा छात्रातर्फ गुल्मीकी धनमाया राना, लमजुङकी विमला बिक र गोरखाकी गंगा श्रेष्ठ क्रमश: पहिलो, दोस्रो र तेस्रो भए ।

१०० मिटर दौडमा छात्रर्फ रूपन्देहीका होमबहादुर पहारी, नवलपरासीका प्रकाश रानामगर र प्रदीप चौधरी तथा छात्रातर्फ नवलपरासीकी विपना परियार, कास्कीकी दर्शना बुढामगर र रूपन्देहीकी आश्मा चौधरी पहिलो तीन स्थानमा विजयी भए ।

प्रतिक्रिया
सम्बन्धित समाचार