पोर्चुगललाई हराएर चिली कनफेडेरेसन कपको फाइनलमा

पोर्चुगललाई हराएर चिली कनफेडेरेसन कपको फाइनलमा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १५ असार २०७४
  • 13.5K
    Shares

म्यानचेस्टर सिटी गोलरक्षक क्लाउडियो ब्राभोले उत्कृष्ट प्रदर्शन गरेपछि चिली कनफेडेरेसन कपको फाइनल पुगेको छ । बुधबार रातिको खेलमा चिलीले युरोपेली च्याम्पियन पोर्चुगललाई टाइब्रेकरमा ३–० ले हरायो ।

नियमित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा रहेपछि टाइब्रेकरको आवश्यकता परेको हो । ब्राभोले पोर्चुगलका लागि रिकार्डो क्वरेस्मा, जाओ मोउटिन्हो र नानीको प्रहार बताए ।

कोपा अमेरिका विजेता चिलीका तर्फबाट अरटुरो भिडाल, चार्ल्स आरनग्वेज र एलेक्स सान्चेजले गोल गरे । फाइनलमा चिलीको प्रतिद्वन्द्वी जर्मनी अथवा मेक्सिका हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार