अहिले सम्म ५३ प्रतिशत मत खस्यो

अहिले सम्म ५३ प्रतिशत मत खस्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ असार २०७४
  • 8.1K
    Shares

स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत बुधबार भएको मतदानमा दिउँसो डेढ बजेसम्म ५३ प्रतिशत मत खसेको छ ।

प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचनका लागि जारी रहेको मतदानमा दिउँसो १:३० बजेसम्म करिव ५३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त पछिल्लो विवरण अनुसार, सबैभन्दा बढी उदयपुर र डडेलधुरामा ६५ प्रतिशत मतदान भएको छ ।

यसैगरी, सोलुखुम्बु, भोजपुर, खोटाङ लगायतका १२ जिल्लामा ६० प्रतिशतभन्दा बढी मतदान भइसकेको जानकारी आएको आयोगले जनाएको छ । अन्य जिल्लाहरुमा पनि हालसम्म ५० प्रतिशतभन्दा बढी वा ५० प्रतिशतको हाराहारीमा मतदान भइसकेकोसमेत आयोगको भनाइ छ ।

 

प्रतिक्रिया