आयोजक रुसलाई हराउँदै मेक्सिको सेमिफाइनलमा

आयोजक रुसलाई हराउँदै मेक्सिको सेमिफाइनलमा


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ असार २०७४
  • 7.8K
    Shares

आयोजक रुसलाई हराउँदै मेक्सिकोले फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा आयोजक रुसलाई २–१ ले हराएर मेक्सिकोले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

२५ औं मिनेटमा अलेक्जेन्डर सेमेडोभको गोलबाट अग्रता लिएर पनि मेक्सिकोसँग पराजित भएको रुस भने समूह चरणबाटै बाहिरिएको छ । मेक्सिकोका लागि नेस्टोर अराउखो र हिर्भिङ लोसानोले गोल गरे । ३० औं मिनेटमा अराउखोले मेक्सिकोका लागि बराबरी गोल फर्काए । ५२ औं मिनेटमा लोसानोले गोल गरेपछि मेक्सिको २–१ ले विजयी भयो ।

समूह चरणका तीन खेलमा दुईमा जित र एकमा बराबरी गरेको मेक्सिको सात अंकसहित समूह उपविजेताका रुपमा अन्तिम चारमा पुगेको हो । समान सात अंक नै भएपनि गोल अन्तरका आधारमा पोर्चुगल समूह विजेता बनेको हो । रुसले एक खेलमा मात्रै जित्यो भने न्युजिल्याण्डले प्रतियोगितामा तीनै खेलमा पराजित भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार