पोखरामा सत्य निरुपण तथा मेल मेलाप आयोगको कार्यालय खुल्यो

पोखरामा सत्य निरुपण तथा मेल मेलाप आयोगको कार्यालय खुल्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ८ असार २०७४
  • 11.2K
    Shares

पोखरा । सत्य निरुपण तथा मेल मेलाप आयोगले पोखरामा प्रदेश नम्बर ४ स्तरीय कार्यालय खोलेको छ ।

सशस्त्र द्वन्द्वको अवधिमा भएका मानव अधिकार उलंघन घटनाहरुको अनुसन्धान तथा छानबिन गर्ने उद्धेश्य अनुरुप प्रदेश स्तरीय कार्यालय खोल्ने योजना अनुरुप पोखरामा पनि कार्यालय खोलेको हो । आयोगको क्षेत्रीय कार्यालयको आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गरे ।

आयोगले ७ वटै प्रदेशको राजधानीमा मुकाम कार्यालय खोलेर द्वन्द्वकालीन मुद्दाहरुको अनुसन्धान अगाडि बढाउने तयारी गरेको हो ।

उद्घाटन कार्यक्रममा आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले प्रदेश स्तरमा परेका उजुरीहरुको अनुसन्धान गर्दै छुटपुट उजुरी समेत पनि लिनसक्नेगरी कार्यालयको खोलेको स्पष्ट पारे । उनले असार १४ गते हुने स्थानीय तहको निर्वाचन पछि छुटेका घटनाको उजुरी लिनका लागि आवेदन खुल्ला गर्ने बताए ।

आयोगले गत वर्ष वैशाखमा द्वन्द्व पीडितहरुबाट स्थानीय शान्ति समिति मार्फत उजुरी लिएको थियो । आयोगमा देश भरीमा ५८ हजार ५२ वटा उजुरी परेकोमा पश्चिमाञ्जल क्षेत्रमा करिब ४ हजार उजुरी परेको छ ।

प्रतिक्रिया