पोखरा । पुर्व युवराज्ञी एवं हिमानी ट्रष्टका संस्थापक हिमानी शाहलाई एक विशेष समारोहका विच नेपाल ठकुरी संगम परिवार कास्कीले अभिनन्दन गरेको छ।
शाहलाई नेपाल ठकुरी समाजका अध्यक्ष क्या. फमबहादुर शाही, ठकुरी महिला समाजकी अध्यक्ष करुणा हमाल लगाएतले अभिनन्दनपत्र तथा मायाको चिनो प्रदान गरेका थिए।शाह आउने खवर पाएका सर्वसाधारण प्रत्यक्ष हेर्न तथा दर्शन गर्नको लागि सयौ.को संख्यामा आएका थिए । अति छोटो समयको लागि छोरेपाटनस्थित समाज घरमा आउनु भएकी शाहसंग आफ्ना भावना समेत साटेका थिए।
शाहको साथमा छोरा हृदयन्द्र शाह पनि आएका थिए । उनिहरुले समाजका गतिविधि तथा कार्यालय अभिरुचिका साथ अवलोकन गरेको थिए ।समाजका अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अशिलकुमार शाहीले र संचालन सचिव रामबहादुर हमालले गरेका थिए।