कोरियामा नेपालीको निधन

कोरियामा नेपालीको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ असार २०७४
  • 10.5K
    Shares

कोरिया : कोरियामा पछिल्लो हप्ता औधोगिक दुर्घटनामा परी घाइते हुने र ज्यान गुमाउनेको संख्या बढ्न लागेको छ ।बिहीबार बिहान दुई बजे उल्सानको देउ कम्पनिमा कार्यरत लाल बहादुर थापाको उपचारका क्रममा निधन भएको छ ।

बुधबार दिउँसो कार्यस्थलमै करिब ६ मिटर उचाइबाट लडेर भूइमा झरी घाइते भएका थापाको अस्पतालमा उपचारका क्रममा राती नै निधन भएको हो । भुइमा पछारिन पुगेका थापाको एक भागमा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते थापालाई नजिकैको स्थानीय अस्पतालले अर्को बुसान अस्पतालमा रिफर समेत गरेको उनका साथिले बताएका छन।

यद्यपि त्यो अस्पतालका चिकित्सकले थापालाई २ बजे मृत घोषणा गरेको डेउ नेपाली एकता समाजका अध्यक्ष अंशुवर्मा लिम्बुले बताउनु भयो ।सिविटी परिक्षा दिएर पुनः कोरिया आएका बुटवल निवासी २९ वर्षीय थापाका एक छोरा र श्रीमती रहेका छन् ।

कोरियमा झन्डै दुई साताको अवधिमा चार नेपालीको मृत्युु भएको छ । ईपीएस मार्फत रोजगारिका लागि कोरिया आएका नेपालीको औधोगिक दुर्घटना, डिप्रसनमा परेर, झुन्डिएर आत्महत्या र सुतेको अवस्थामा ह्दयघात भएर मृत्युु हुने क्रम बढेपछि यहाँ कार्यरत नेपाली चिन्तित बनेका छन् ।

प्रतिक्रिया