टर्किस एयरलाइन्सको विमानमा चरा ठोक्कियो, त्रिभुवन विमानस्थल अस्थायी रूपमा बन्द

टर्किस एयरलाइन्सको विमानमा चरा ठोक्कियो, त्रिभुवन विमानस्थल अस्थायी रूपमा बन्द


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ कार्तिक २०८३
  • 209
    Shares

काठमाडौं — इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमान अवतरणका क्रममा चरा ठोक्किएको छ। आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा चरा ठोक्किएको हो।

विमानमा चरा ठोक्किए पनि कुनै क्षति नभएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। सुरक्षा कार्यालयका एसपी राजकुमार शिलवालले भने, “चरा ठोक्किए पनि कुनै पनि क्षति भएको छैन। अवस्था सामान्य छ।”

सुरक्षाका लागि अपनाइने नियमित प्रोटोकल अनुसार विमानमा चरा ठोक्किएपछि रनवे जाँचका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समय उडान तथा अवतरण बन्द गरिएको छ।

एसपी शिलवालका अनुसार रनवेको निरीक्षणपछि विमानस्थल केही मिनेटमै सुचारु हुनेछ। “अहिले बन्द भए पनि केही मिनेटमै विमानस्थल सुचारु हुनेछ,” उनले भने।

प्रतिक्रिया
सम्बन्धित समाचार