पोखरामा भएको मोटरसाइकल दुर्घटनामा पैदलयात्री र मोटरसाइकल चालक दुवैको मृत्यु

पोखरामा भएको मोटरसाइकल दुर्घटनामा पैदलयात्री र मोटरसाइकल चालक दुवैको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ असोज २०८३
  • 114
    Shares

पोखरा  २९ असोज २०८३।

पोखराको बिरौटामा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकसहित दुई जनाको मृत्यु भएको छ।

विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बिहान करिब ७ बजे पोखरा महानगरपालिका–१७ स्थित बालोदय चोकस्थित सिद्धार्थ राजमार्गको सडक पार गर्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भै दुर्घटनाग्रस्त हुँदा मोटरसाइकल चालक र पैदलयात्री समेत दुवै जनाको मृत्यु भएको हो।

उक्त दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका–१७ का १९ वर्षीय सफलकुमार श्रेष्ठ र पैदलयात्री लमजुङको स्थायी घर भई हाल पोखरा–१७, विरौटामा बस्दै आएका ४५ वर्षीय कृष्ण कुमालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार बिहीबार बिहान करिब ७ बजे उक्त मोटरसाइकलले सडक पार गर्दै गरेका कुमाललाई ठक्कर दिएको थियो। पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको मोटरसाइकल सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि सुरुमा पोखरा–विरौटास्थित नोबेल अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए।

दुर्घटनाबारे जिल्ला प्रहरी कार्यालय कास्कीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार