चितवनको जुगेडीमा एकाबिहानै रोकी राखेको ट्रकलाई बसले ठक्कर दियो : आठ जना घाइते

चितवनको जुगेडीमा एकाबिहानै रोकी राखेको ट्रकलाई बसले ठक्कर दियो : आठ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ असोज २०८३
  • 209
    Shares

पोखरा, २९ असोज २०८३ ।

चितवनको जुगेडीमा एकाबिहानै रोकी राखेको ट्रकलाई बसले ठक्कर दिंदा आठ जना घाइते भएका छन्।

चितवन भरतपुर महानगरपालिका वडा नम्बर २९ खहरे स्थित मुग्लिङ नारायणगढ सडक खण्डमा रोकिराखेको लु २ ख ५२ ७६ नम्बरको ट्रकलाई आज बिहान करिब ०४:३० बजे काठमाडौँबाट बर्दियातर्फ जादै गरेको ना ६ ख १८९० नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा आठ जना घाईते भएका हुन् ।

उक्त दुर्घटनामा घाइते भएका ट्रकचालकसहित दुई जना र बसमा सवार ६ जनालाई उद्धार गरी उपचारका अलागी नयाँ मेडिकल कलेज चितवन पठाईएकाेे ईलाका प्रहरी कार्यालय मुग्लिङले जनाएकाेे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार