यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर (हेर्नुस सूची)

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर (हेर्नुस सूची)


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ असोज २०८३
  • 627
    Shares

काठमाण्डौ, २९ असोज २०८३।

नेपाल राष्ट्र बैंकले आज मिति २९ असोजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५५ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ०७ पैसा र बिक्रीदर १७० रुपैयाँ ७४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर २०२ रुपैयाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८२ रुपैयाँ ३० पैसा र बिक्रीदर १८३ रुपैयाँ ०२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६.५२ र बिक्रीदर १०६.९५, क्यानेडियन डलर एकको खरिददर १०६.९१ र बिक्रीदर १०७.३३ र सिंगापुर डलर एकको खरिददर ११८.५३ र बिक्रीदर ११९ रुपैयाँ तोकिएको छ।

यसैगरी जापानी येन १० को खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९.६३, चिनियाँ युआन एकको २२.७०/२२.७९, साउदी रियाल एकको ४०.४६/४०.६२ र कतारी रियाल एकको ४१.६८/४१.८५ रुपैयाँ कायम भएको छ।

थाई भाट एकको ४.५३/४.५४, युएई दिराम एकको ४१.३७/४१.५४, मलेसियन रिंगेट एकको ३७.२२/३७.३७, साउथ कोरियन वन १०० को ११.३८/११.४२, स्विडिस क्रोनर एकको १५.२५/१५.३१ र डेनिस क्रोनर एकको २२.७५/२२.८४ रुपैयाँ तोकिएको छ।

हङकङ डलर एकको १९.३६/१९.४४, कुवेती दिनार एकको ४९३.१०/४९५.०५, बहराइन दिनार एकको ४०२.२०/४०३.७९ र ओमनी रियाल एकको ३९४.६७/३९६.२३ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्ने र वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ। अद्यावधिक विनिमयदर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध छ।

प्रतिक्रिया
सम्बन्धित समाचार