पोखरा, ३० असोज २०८३।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), गण्डकी प्रदेशको अध्यक्षमा तीर्थराज सुवेदी निर्वाचित भएका छन्।
बुधबार पोखरामा सम्पन्न संस्थाको ३३ औं साधारण सभा तथा १९ औं अधिवेशनले सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा मोहनप्रसाद सुवेदी, द्वितीय उपाध्यक्षमा गोपालकृष्ण संग्रौला, सचिवमा भूपेन्द्रकुमार लामा, सहसचिवमा प्रकाश पौडेल र कोषाध्यक्षमा चन्द्रबहादुर भुजेल चयन भएका छन्।
त्यस्तै सदस्यहरुमा बलराम दाहाल, भूपेन्द्र गौतम, अजयराज अधिकारी, शिव क्षेत्री र श्रीराम पोखरेल चयन भएको निर्वाचन समिति संयोजक डम्बरबहादुर केसीले जानकारी दिए। कार्यसमितिमा रिक्त रहेका २ सदस्य पछि मनोनयन गरिने जनाइएको छ।
अधिवेशनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले गरेका थिए। सो अवसरमा सचिव निरौलाले गण्डकी क्षेत्र पर्यटकीय दृष्टिकोणले नेपालकै उत्कृष्ट स्थल रहेको बताए। गण्डकी प्रदेशको पर्यटन र ट्रेकिङ व्यवस्थापन देशकै नमूना भएको उल्लेख गर्दै उनले टिम्स (TIMS) को कानूनी आधार नभएकाले त्यसलाई आवश्यक पर्ने कानून संशोधन गरेर कार्यान्वयनमा लगिने बताए।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले नयाँ सरकारले नयाँ सोचका साथ पर्यटन क्षेत्रमा काम गरिरहेको बताए। पर्यटनलाई माथि उकास्न बोर्डले विशेष पहलकदमी लिइरहेको भन्दै उनले सहकार्यका लागि बोर्ड सधैं सँगै रहने प्रतिबद्धता व्यक्त गरे।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पर्यटनलाई चलायमान बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए। सरकार, पर्यटन बोर्ड र पर्यटनसँग सम्बद्ध संघसंस्था एकताबद्ध भएर हातेमालो गरेमा मात्र सफलता मिल्ने उनको भनाइ थियो। पोखरामा फ्लाई दुबईले उडान सञ्चालन गर्दा व्यवसायीले सक्दो सहयोग गरे पनि सरकारले वास्ता नगरेको उनले गुनासो गरे।
कार्यक्रम टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा भएको थियो। आचार्यले टिम्स अनिवार्य लागू गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो भने पत्रकारितामार्फत योग