प्याडभित्र लुकाएर विराटनगर कारागारमा लागू औषध भित्र्याउने प्रयास : ठुलो मात्रामा लागू औषधसहित दुई महिला पक्राउ

प्याडभित्र लुकाएर विराटनगर कारागारमा लागू औषध भित्र्याउने प्रयास : ठुलो मात्रामा लागू औषधसहित दुई महिला पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३० असोज २०८३
  • 684
    Shares

विराटनगर, ३० असोज २०८३।

महिलाले भित्री वस्त्रमा प्रयोग गर्ने प्याडभित्र लुकाएर मोरङको विराटनगरस्थित कारागार कार्यालयभित्र लागू औषध भित्र्याउन खोज्ने दुई महिला ठूलो मात्रामा लागू औषधसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका-११ निवासी मेलिना तामाङ र पूर्णिमा तामाङ रहेका छन्। उनीहरुको साथबाट हरियो रङका दुईसय ४० थान र सुन्तला रङका दुइसय ४० थान गरी जम्मा चारसय ८० थान ट्याबलेट लागू औषध फेला परेको प्रहरीले जानकारी दिएको छ।

बुधबार दिउँसो साढे १२ बजेकारागारको मुख्य प्रवेशद्वारमा नियमित चेकजाँचका क्रममा उनीहरु उक्त परिमाणको \प्रतिबन्धित लागुऔषध ट्याबलेटसहित पक्राउ परेको प्रहरीले बताएको छ।

लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सोही दिन दिउँसो १२:५० बजे कारागारमा खटिएको नेपाल प्रहरीको टोलीलाई बुझाइएको छ।

बरामद ट्याबलेटको नाम, प्रकृति र स्रोतबारे भने प्रहरीले केही खुलाएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार