कास्की जिल्लाको ग्रामीण क्षेत्रमा चल्ने सात वटा स्कुल बसलाई ट्राफिक कारबाही

कास्की जिल्लाको ग्रामीण क्षेत्रमा चल्ने सात वटा स्कुल बसलाई ट्राफिक कारबाही


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३० असोज २०८३
  • 475
    Shares

पोखरा, ३० असोज २०८३।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयहरुबाट ट्राफिक प्रहरीसहित खटिएको टोलीले ग्रामीण भेगमा चल्ने स्कुल बसहरुको विशेष चेकजाँच शुरु गरेको छ।

उक्त प्रहरी टोलीले बिगत तीन दिनदेखि कास्कीका बिभिन्न ग्रामिण क्षेत्रहरुमा सब्चालन हुने स्कुल बस चेकजाँचका क्रममा सात वटा स्कुल बस तथा तिनका चालकहरुलाई कारबाही गरेको हो।

उक्त चेकजाँचका क्रममा स्कुल बसको यान्त्रिक अवस्था, सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेको/नबोकेको, चालकले मादक पदार्थ सेवन (मा.प.से.) गरे/नगरेको र सवारी कागजपत्र साथमा लिए/नलिएको सम्बन्धमा चेकजाँच गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

त्यस्तै, ८२ जना सवारी चालकहरुलाई सवारी दुर्घटना न्यूनीकरण सम्बन्धमा सम्झाई-बुझाई गरिएको र सवारी साधन र कागजातहरु दुरुस्त अवस्थामा लिएर मात्र हिड्न निर्देशन दिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार