सर्लाही , २९ असोज २०८३।
सर्लाहीमा कर्तव्य ज्यान मुद्दाका फरार व्यक्ति हतियारसहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बागमती नगरपालिका-१ का ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन् । उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनको साथबाट ‘MADE IN U.S.A.’ लेखिएको पेस्तोल १ थान, नाम नखुलेको अर्को पेस्तोल १ थान, म्यागजिन ३ थान र १५ राउण्ड गोली बरामद गरिएको छ । उनी कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भएको प्रहरीले जिकिर गरे पनि कुन र कहिलेको मुद्दामा उनी फरार प्रतिवादी हुन् ख्लाएको छैन।
पक्राउ परेका थापालाई बरामद हतियारसहित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।