आज जापानी येनको मूल्य १ पैसा बढ्यो : अरू विदेशी मुद्राको विनिमयदर के भयो ?

आज जापानी येनको मूल्य १ पैसा बढ्यो : अरू विदेशी मुद्राको विनिमयदर के भयो ?


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ कार्तिक २०८३
  • 133
    Shares

पोखरा, ४ कार्तिक २०८३।

नेपाल राष्ट्र बैंकले आज कात्तिक ४ गते (अक्टोबर २१) का लागि विदेशी मुद्राहरूको विनिमयदर तोकेको छ।

आज अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियालको मूल्य स्थिर बसेको छ भने युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलरको भाउ बढेको छ। 

राष्ट्र बैंकले आजका लागि पनि अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५९ पैसा कायम गरेको छ भने बिक्रीदर १५२ रुपैयाँ १९ पैसा तोकेको छ। हिजो मंगलबार पनि यसको रेट यति नै थियो।

यस्तै आज साउदी अरेबियन रियालको मूल्य पनि मंगलबारजस्तै १ को खरिददर ४० रुपैयाँ ४१ पैसा र खरिददर ४० रुपैयाँ ५७ पैसा कायम गरिएको छ। 

चिनियाँ युआनको मूल्य पनि मंगलाबरकै यथावत् छ अर्थात् १ को खरिददर २२ रुपैयाँ ७० पैसा, बिक्रीदर २२ रुपैयाँ ७९ पैसा छ। 

आज युरोपियन युरोको भाउ भने बढाइएको छ। आज युरोपियन युरो १ को खरिददर १७० रुपैयाँ २ पैसा र बिक्रीदर १७० रुपैयाँ ६९ पैसा छ। मंगलबार युरोपियन युरो १ को खरिददर १६९ रुपैयाँ ९० पैसा छ भने बिक्रीदर १७० रुपैयाँ ५७ पैसा थियो। 

यसैगरी आज यूके पाउन्ड स्टर्लिङ १ को खरिददर २०२ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०३ रुपैयाँ १८ पैसा तोकिएको छ। मंगलबार खरिददर २०२ रुपैयाँ २ पैसा र बिक्रीदर २०२ रुपैयाँ ८२ पैसा थियो। 

अस्ट्रेलियन डलरको भाउ पनि केही बढेको छ। जसअनुसार आज अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ। मंगलबार यसको खरिददर १०५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०६ रुपैयाँ २४ पैसा थियो। 

लगातार २ दिन बढेको क्यानेडियन डलरको भाउ भने केही घटेको छ। आज क्यानेडियन डलर १ को खरिददर १०७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०८ रुपैयाँ २७ पैसा छ। 

सिंगारपुर डलर र जापानी येनको विनिमय दर भने मंगलबारको तुलनामा आज केही बढेको छ।

आज सिंगापुर डलर १ को खरिददर ११८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४ पैसा छ। मंगलबार सिंगापुर डलर १ को खरिददर ११८ रुपैयाँ ४६ पैसा र खरिददर ११८ रुपैयाँ ९३ पैसा थियो। 

यस्तै आज  जापानी येन १० को खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा कायम गरिएको छ। मंगलबार खरिददर ९ रुपैयाँ ५८ पैसा र खरिददर ९ रुपैयाँ ६२ पैसा थियो। 

हेर्नुहोस् आजको विनिमयदर सूची

प्रतिक्रिया
सम्बन्धित समाचार