गङ्गापूर्ण हिमालमा पांच दिनदेखि दुई जापानी पर्वतारोही सम्पर्कविहीन : खोजी जारी

गङ्गापूर्ण हिमालमा पांच दिनदेखि दुई जापानी पर्वतारोही सम्पर्कविहीन : खोजी जारी


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ कार्तिक २०८३
  • 589
    Shares

मनाङ, ४ कार्तिक २०८३।

अन्नपूर्ण हिमश्रृंखलाको गंगापूर्ण हिमाल आरोहणका क्रममा दुई जना जापानी पर्वतारोही पांच दिनदेखि सम्पर्कविहीन भएका छन्।

गत अक्टोबर १५ तारिखदेखि सम्पर्कविहीन भएका उनीहरुको खोजीका लागि हेलिकप्टर परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए।

सम्पर्कविहीन पर्वतारोहीको खोजी तथा उद्धारका लागि अल्टिच्युड हेलिकप्टरमार्फत ‘सर्च एन्ड रेस्क्यु’ अपरेसन तीव्र पारिएको छ। प्रजिअ खनालले भने, “अहिले मौसमले साथ दिएसम्म हेलिकप्टरबाट खोजी जारी छ, घटनाबारे थप विवरण आउने क्रममा छ।”

गंगापूर्ण हिमाल गण्डकी प्रदेशको मनाङ र कास्कीको सिमानामा पर्ने अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्छ। समुद्री सतहबाट ७,४५५ मिटर उचाइमा रहेको यो हिमाल अन्नपूर्ण तेस्रो र ग्लेशियर डोमको बीचमा अवस्थित छ। मनाङ उपत्यका माथि ठडिएको यो हिमाल प्राविधिक रुपमा कठिन मानिन्छ।

शरद ऋतुको यो आरोहण सिजनमा मौसममा आएको बदलीले उच्च हिमाली क्षेत्रमा उद्धारमा चुनौती थपेको छ। सम्पर्कविहीन पर्वतारोहीको नाम र आरोहण दलको रुटबारे आधिकारिक विवरण आउन बाँकी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार