एयर पेस्तोल देखाई ज्यान मार्ने धम्की दिने एक जना पक्राउ

एयर पेस्तोल देखाई ज्यान मार्ने धम्की दिने एक जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ कार्तिक २०८३
  • 19
    Shares

बाँके, ४ कार्तिक २०८३।

,बाँके जिल्लाको बैजनाथ गाउँपालिका-८ टिटिरियामा एयर पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २८ वर्षीय सन्दीप चौधरी रहेका छन्।

प्रहरीका अनुसार बैजनाथ-८ टिटिरिया बस्ने २९ वर्षीय श्यामकुमार थारुको किराना पसलको आँगनमा आज बिहान करिब ५:३० बजे थारु र चौधरीबीच विवाद भएको थियो। विवादकै क्रममा मादक पदार्थ सेवन गरेका चौधरीले आफूसँग रहेको एयर पेस्तोल देखाएर थारुलाई ज्यान मार्ने धम्की दिएका थिए।

सो सूचना प्राप्त हुनासाथ प्रहरी चौकी रनियारपुर दहवा र इलाका प्रहरी कार्यालय धनौली, बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले चौधरीलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका चौधरीको साथबाट एक थान एयर पेस्तोल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार