बाजुरा, ५ कार्तिक २०८३।
बाजुरामा अटो दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
बाम्का बजारबाट बेतालमाण्डौंतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ ह ८८७४ नम्बरको अटो बाजुराको बुढीगंगा नगरपालिका स्थित बार्जुगाडमा दुर्घटनाग्रस्त हुँदा तीन जना घाइते भएका हुन्।
दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरातर्फ ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।
घाइतेहरूको पहिचान र दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ। अटो अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।