विराटनगरमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किए : एक युवाको मृत्यु, अर्का घाइते

विराटनगरमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किए : एक युवाको मृत्यु, अर्का घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ पुष २०८२
  • 5.9K
    Shares

पोखरा , ८ पुष २०८२।

मोरङको विराटनगरमा आज दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–११, जनपथ टोलस्थित सडकमा प्र–१–०२–०५७ प २२०३ नम्बरको मोटरसाइकल र प्र–१–०४–००२ प ०९७६ नम्बरको मोटरसाइकल आज बिहान एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको हो।

उक्त दुर्घटनामा परेर प्र–१–०२–०५७ प २२०३ नम्बरको मोटरसाइकल चालक सुनसरी दुहबी नगरपालिका औराबनी बस्ने २२ वर्षीय शेखर यादवको मृत्यु भएको प्रहरीले जानाकार्फी दिएको छ । सोही दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका प्र–१–०४–००२ प ०९७६ नम्बरको मोटरसाइकल चालकको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया