करीव एक वर्षदेखि रोकिदै आएको ट्याक्टर लाईसेन्स परीक्षा सोमवारदेखि पोखरामा सुरु भएपछि अख्तियार क्षेत्रीय कार्यालयले त्यसको प्रत्यक्ष निगरानी गरेको छ । कार्यालयले दुईदिनसम्म गरेको निगरानीमा कूल ३ सय ४६ प्रशिक्षार्थीमा १ सय ३७ जना उत्तीर्ण भएका छन् भने २ सय ९ जना फेल भएका छन् । प्रतिव्यक्ति ३ हजारका दरले पैसा उठाएर लाखौं रुपैयाँ अपचलन हुन लागेको समाचार सार्वजनिक भएपछि अख्तियारले त्यसमा चासो राखेको हो ।
समाचार सार्वजनिक भएलगत्तै अख्तियारले पोखराको भेडीफारम स्थित प्रशिक्षण शालामा एसपी रवीन्द्र केसीको कमाण्डमा दुई जना अधिकृत खटाएर मापदण्ड निरीक्षण गरेको छ । दुईदिनसम्म अख्तियारले निरिक्षण गर्दा एक जना सेवाग्राही रमेश नेपालीले ३ हजार रुपैयाँ वुझाएको र पछि पास भएपछि पोखराको विरौटामा रहेको नारायणी ड्राभिङ इष्टिच्युटलाई ११ हजार वुझाउने शर्तमा फारम वुझाएको वताए थिए । उनी सहित नारायणी ड्राईभिङका संञ्चालकलाई वडाप्रहरी कार्यालय रामवजारमा वुझाईएको अख्तियार क्षेत्रीय कार्यालय पोखराका प्रहरी उपरीक्षक रवीन्द्र केसीले जानकारी दिएका छन् ।
उनले पास भएका र फेल भएका नामहरु अख्तियारले आफै उतारेकोले अव लाईसेन्स वितरणमा गडवडी नहुने वताए । लाईसेन्समा निकै भद्रगोल र घुस खोरी रहेछ अव यो विस्तारै अन्त्य हुन्छ केसीले भने ।
यातायात व्यवस्था कार्यालय गण्डकी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र स्वयं ड्राईभीङ स्कूल संघ गण्डकी मिलेर लाईसेन्स फारममा वढी पैसा लिएको भन्दै उपभोक्ताले गुनासो गरेपछि अख्तियारको छड्के टोली प्रशिक्षण स्थलमा पुगेको थियो । विगतमा भईरहेको ट्याक्टर प्रशीक्षणशालाको दायरा पनि फरकिलो पारेर सवै प्रशिक्षार्थीलाई पैसाको भरमा उत्तीर्ण गराउने योजना पोखरामा विफल भएको अख्तियार क्षेत्रीय कार्यालय पोखराको भनाई छ ।