१२ वर्षको १० महिना वर्ष कैद सजाय पाएका पेलेका छोराद्धारा प्रहरीसमक्ष आत्मसमर्पण

१२ वर्षको १० महिना वर्ष कैद सजाय पाएका पेलेका छोराद्धारा प्रहरीसमक्ष आत्मसमर्पण


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १८ फाल्गुन २०७३
  • 10.1K
    Shares

एजेन्सी / महान फुटबल खेलाडी पेलेका सात छोरामध्येका एक एड्सन अपराधिक घटनाहरूमा संलग्न प्रमाणित धए पछि ब्राजिलको अदालतले तोकेको १२ वर्षको १० महिना सजाय भुक्तानका लागि प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

पेलेका छोरा एड्सन नासिमेन्टोलाई लागु औषधको कारोबार र मनि–लान्ड्रीङको मुद्धामा अदालतले यसै साता सजाय तोकेको हाे। पहिले अदालतले ३३ वर्षको सजाय तोकेको थियो। यसलाई घटाएर १२ वर्षको १० महिना बनाएपछि उनी गत शुक्रबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। सन् २०१४ मा उनलाई ३३ वर्षको सजाय सुनाइएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार