नेपाल बिद्यार्थी संघ र अनेरास्ववियूबीच झडप, ५ बिद्यार्थी घाईते

नेपाल बिद्यार्थी संघ र अनेरास्ववियूबीच झडप, ५ बिद्यार्थी घाईते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १४ फाल्गुन २०७३
  • 7.4K
    Shares

स्ववियू निर्वाचनमा मनोनयन दर्ताको बिषयलाई लिएर प्रर्दशनीमार्गमा रहेको रत्नराज्य क्याम्पासमा बिद्यार्थीहरुबीच झडप भएको छ । उम्मेदवारको मनोनयन दर्ता गर्ने क्रममा अनेस्ववियूका बिद्यार्थीमाथी नेपाल बिद्यार्थी संघका सर्मथकहरुले बिरोध जनाएपछि झडप भएको प्रहरीले जनाएको छ ।

झडपमा नेपाल बिद्यार्थी संघका सुनिल शर्मा र सुरेश भारद्धाज घाईते भएका छन । अहिले अनेरास्ववियू र अन्य बिद्यार्थी संगठनबीच तनाव जारी छ । प्रहरीले थप मुठभेड हुन नदिन बिद्यार्थीहरुलाई त्यहाँबाट हटाउने प्रयास गरिरहेको छ ।

केहीबेरको तनावपछि प्रहरीले तितरबितर पारेपनि शंकरदेव लगायतका क्याम्पासबाट बिद्यार्थीहरु आर आर कलेजमा प्रदर्शन गर्ने आएका थिए । पुन : प्रर्दशनका लागी आएका शंकरदेव कलेजका बिद्यार्थीलाई अनेरास्ववियू सर्मर्थित बिद्यार्थीले आक्रमण गरि घाईते बनाएका हुन ।

प्रतिक्रिया