राष्ट्र बैंकको कमजोर नियमनले बैंकिङ क्षेत्रमा अराजकता !

राष्ट्र बैंकको कमजोर नियमनले बैंकिङ क्षेत्रमा अराजकता !


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २ फाल्गुन २०७३
  • 15.4K
    Shares

नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकको कमजोर नियमनका कारण बैंकिङ क्षेत्रमा अराजकता बढ्न थालेको कतिपय बैंकर र विश्लेषकहरूले बताएका छन् । ‘धेरै बैंकरले अहिले गभर्नरलाई हेपेर कानुनी सीमाभन्दा बढी कर्जा प्रवाह गरेका छन्,’ एक बैंकरले भने, ‘यसले बजारमा अराजकताको बीजारोपण भएको छ ।’ नियममा बस्नेलाई घाटा र नियम मिच्नेले बढी नाफा हुँदा पनि नियामक चुपचाप बसेपछि अराजकता बढ्न थालेको बैंकरहरूले बताएका छन् । यस्तो अवस्थाबाट आय असमानता र विभेद सिर्जना भएको एक बैंकरले बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

 

यस्तो होडबाजीले अराजकता निम्त्याउन थालेको बैंकरहरू बताउँछन् । यसरी बदमासी गरेर बढी नाफा कमाउँदा पनि राष्ट्र बैंक मूकदर्शक बनेपछि बैंकिङ क्षेत्रमा अराजकताले जरो गाड्न सुरु गरेको ती बैंकरले बताए ।

बैंकहरूले कृत्रिम निक्षेप सिर्जना गरेर लगानी गरिरहेको राष्ट्र बैंकको भनाइ छ । पछिल्लो समय बजारमा तरलता अभाव भएर बैंकहरूमा लगानीयोग्य रकम नभएपछि अवैध बाटोबाट कृत्रिम (आर्टिफिसियल) निक्षेप सिर्जना गरेर लगानी गरेका हुन् ।

वाणिज्य बैंकहरूले ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका वित्त कम्पनीलाई ७ दिने अन्तरबैंक लगानी गर्ने र त्यसपछि उनीहरूसँगै निक्षेप लिने काम भएको राष्ट्र बैंकका एक उच्च अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार