पोखरा, १७ जेठ २०८३।
डेढ महिनाअघि हराएका एक बृद्ध म्याग्दीको एक सामुदायिक वनमा मृत भेटिएका छन्।
गएको वैशाख ३ गते म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाबाट हराएका स्थानीय ७६ वर्षीय पूर्ण छन्त्याल धवलागिरी गाउँपालिका–३ मुनाको पार्वती आमा समूह सामुदायिक वनमा शनिबार मृत भेटिएका हुन्।
उनको शब सडेगलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए। छन्त्यालको शव कपडाको आधारमा घरपरिवारका सदस्यहरूले सनाखत गरेपछि उनीहरूको जिम्मा लगाइएको प्रहरीले बताएको छ।
धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले शव भेटिएको जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिना र ताकम प्रहरी चौकीको टोली घटनास्थल पुगेर अनुसन्धान र शव उठाइ परिवारको जिम्मा लगाएको हो।
.