पोखरा, १६ जेठ २०८३।
तनहुँमा आज दिउसो पर्यटकबसको ठक्करबाट एक जना पैदलयात्री वृद्धको मृत्यु भएको छ।
पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा१प ९२७ नम्बरको पर्यटक बसले तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित पृथ्वीराजमार्गमा बाटो क्रस गर्ने क्रममा ठक्कर दिंदा स्थानीय एक पैदलयात्री वृद्धको मृत्यु भएको हो।
उक्त पर्यटक बसको ठक्करबाट गम्भीर घाइते भएका स्थानीय पैदलयात्री ७८ वर्षीय सम्मरबहादुर रानाभाटलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिए।