पोखरा, १६ जेठ २०८३।
झापामा बोरामा प्याक गरेर खोलामा फालिएको अवस्थामा एक महिलाको शब भेटिएको छ।
दमक नगरपालिका वडा नम्बर १० सेतुमाडीस्थित रतुवा खोलाको पुल मुनि बोरामा प्याक गरिएको महिलाको शब पानीमा बगिरहेको अवस्थामा भेटिएको हो।
बिहान अन्दाजी ११: ०० बजेको समयमा फेला परेको शव रातो भेस्ट र जिन्सको पाइन्ट लगाएकी अनुमानित ३० देखि ३२ वर्ष जस्तो देखिने उक्त महिलाको पहिचान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।
सेतो प्लास्टिकको बोरामा पोको पारेर खोलामा फालिएको उक्त शव हेर्दा २–३ दिन अगाडिदेखि नै पानीमा रहेर ढाडिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।ती महिलाको हत्या गरेर फालिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ।