३१ दिनकी छोरीलाई खाल्डोमा पुरेर मार्ने स्याङ्जाकी निर्दयी आमा तनहुँमा पक्राउ

३१ दिनकी छोरीलाई खाल्डोमा पुरेर मार्ने स्याङ्जाकी निर्दयी आमा तनहुँमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • 6.6K
    Shares

पोखरा, १५ जेठ २०८३।

३१ दिनकी आफ्नी छोरीलाई खाल्डोमा पुरेर मार्ने एक निर्दयी आमालाई प्रहरीले बिहिबार तनहुँमा पक्राउ गरेको छ।

पक्राउ पर्ने निर्दयी आमा स्याङ्जाको पुतलीबजार नगरपालिका घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा डेरा गरी बस्ने ३७ वर्षीया मैना थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

प्रहरीका अनुसार , अभियुक्त मैना थापाले आफ्नो ३१ दिनको छोरी प्रिन्सिका थापालाई घरबेटीको करेसाबारीमा खाल्डो खनेर गाडेको देखे पछि उनका श्रीमान ३६ वर्षीय गोपाल थापाले तत्काल खाल्डोबाट निकालेर तनहुँको बेलचौतारास्थित जीपी कोइराला स्वासप्रस्वास चिकित्सालयमा पुर्याएका थिए। तर अस्पतालमा चिकित्सकले जाँच गर्दा साँझ ५ः४५ बजे शिशुलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिए।

घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले मैना थापालाई नियन्त्रणमा लिएको थियो।प्रहरीका अनुसार पक्राउ परेकी थापाले ‘डिप्रेसन’ को औषधि सेवन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया