पोखराको फुस्रेखोलामा डुबेर १४ वर्षीय बालकको मृत्यु

पोखराको फुस्रेखोलामा डुबेर १४ वर्षीय बालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १४ जेष्ठ २०८३
  • 1.3K
    Shares

पोखरा, १४ जेठ २०८३।

पोखराको फुस्रेखोलामा डुबेर आज १४ वर्षीय बालकको मृत्यु भएको छ।

पोखरा महानगरपालिका वडा नम्बर १७ छोरेपाटनस्थित दुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेका १४ वर्षीय बालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा पोखरा-१७ ड्यामसाईड बस्ने १४ वर्षीय स्वहेन नेपाली रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका
कास्कीले जानकारी दिएको छ।

आज दिउसो करीब साढे दुई बजेको समयमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता व्हेका १४ वर्षीय बालक स्वहेन नेपालीलाई शस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका कास्कीबाट खटिएको उद्धार टोलीले सोही खोलाको २० मिटर तल गहिराइमा अचेत अवस्थामा भेत्ताई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याउदा चिकित्सकहरुले बालकलाई मृत घोषणा गरेका सशस्त्र प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया