इन्भेष्टमेन्ट बैंकबाट २३ लाख गायब

इन्भेष्टमेन्ट बैंकबाट २३ लाख गायब


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १ फाल्गुन २०७३
  • 11.9K
    Shares

नेपाल इन्भेष्टमेन्ट बैंकबाट रु २३ लाख गायब भएको उजुरी जिल्ला प्रहरी कार्यालय कैलालीमा परेको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले कर्मचारीका तर्फबाट उक्त बैंकको रु २३ लाख गायब भएको भन्ने ठाडो उजुरी आज परेकाले आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए।

कुन प्रयोजनको रकम कसरी कहिले गायबभयो, भन्ने विषयमा यर्थात जानकारी हुनसकेको छैन। यद्यपि बैंकको एटिएममा राख्नका लागि जम्मा गरिएको उक्त रकम गायब भएको आशङ्का गरिएको छ। बैंकका कर्मचारीले भने यो विषयमा बोल्न नमिल्ने प्रतिक्रिया दिएका छन्। रासस

प्रतिक्रिया