श्रीमानलाई बालिका बलात्कार गर भनेर श्रीमतीले कोठाबाहिरबाट चुकुल लगाइदिएपछि…

श्रीमानलाई बालिका बलात्कार गर भनेर श्रीमतीले कोठाबाहिरबाट चुकुल लगाइदिएपछि…


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १ फाल्गुन २०७३
  • 9.9K
    Shares

भक्तपुरको अनन्तलिंगेश्वर ७ सिरुटारकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले अनन्तलिंगेश्वरका ४० वर्षका राजकृष्ण कायस्थलाई पक्राउ गरेको छ । बालिका बलात्कार गर्न श्रीमानलाई सहयोग गरेको अभियोगमा प्रहरीले उनकी श्रीमती राधा जंगमलाई पनि पक्राउ गरेको छ । शनिबार पक्राउ परेका श्रीमान श्रीमतीलाई आइतबार जबर्जस्ती करणी अन्तर्गत मुद्धा चलाइने भएको छ ।

सागरनाथ ७ सर्लाही घर भइ सिरुटारमा ज्यामी काम गर्ने अभिभावकसँग बसेर कक्षा ५ म अध्ययनरत बालिका छिमेकीबाटै बलात्कृत भएकी हुन् । यो २१ मंसिरको कुरा हो ।

श्रीमती राधा जंगमले टीभी हेर्ने तथा पैसा दिने प्रलोभन देखाइ बालिकालाई घरमा नै लगेर राजकृष्णको जिम्मा लगाइ बाहिरबाट चुकुल लगाएको प्रहरीले जनाएको छ । त्यसपछि राजकृष्णले बालिकालाई बलात्कार गरेको डिएसपी श्यामबाबु ओलियाले बताए ।

प्रतिक्रिया