जिल्ला अदालत ललितपुरका नायब सुब्बाविरुद्ध मुद्दा

जिल्ला अदालत ललितपुरका नायब सुब्बाविरुद्ध मुद्दा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २५ माघ २०७३
  • 13.7K
    Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा श्यामप्रसाद अर्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अदालतबाट सफाइ पाएका एक सेवाग्राहीलाई अन्य मुद्दामा फसाइदिने धम्की दिँदै तीन लाख घुस माग्दामाग्दै आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो।

आयोगले बिगोसमेत असुल उपर गरी हदैसम्मको कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए। अदालतका कर्मचारीलाई आयोगले नियन्त्रणमा लिएको विषयमा अदालत र आयोगको कार्यक्षेत्रलाई लिएर विवादसमेत भएको थियो। भ्रष्टाचारको विषयमा उचित निरुपण गर्ने निकाय आयोग नै भएको ठहरपछि अदालतले अर्याललाई पुनः आयोगको नै जिम्मा लगाएको थियो ।

प्रतिक्रिया