मौरीको उपद्रोका कारण श्रीलंका र दक्षिण अफ्रिकाको खेल रोकियो

मौरीको उपद्रोका कारण श्रीलंका र दक्षिण अफ्रिकाको खेल रोकियो


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २३ माघ २०७३
  • 10.4K
    Shares

काठमाडौं, २३ माघ ।

दर्शकहरूको उपद्रोका कारण खेल रोकिएको घटना तपाईहरूले थुप्रै सुन्नु भएको होला। तर, मौरीका कारण खेल नै रोकिएको सुन्दा धेरैलाई पत्यार नलाग्न सक्ला।

यस्तै घटना क्रिकेटमा भएको छ। श्रीलंका र दक्षिण अफ्रिकाविरूद्ध जोहनेसवर्गमा शनिवार राति भएको तेस्रो एकदिवसीय क्रिकेट मौरीको उपद्रोका कारण रोकिएको थियो। दक्षिण अफ्रिकाले टस जितेर श्रीलंकालाई ब्याटिङको निम्तो दिएको खेलमा भ्रमणकारी टोली १ सय ६३ रनमा अल आउट भयो।

श्रीलंकाले ब्याटिङ गर्ने क्रममा २७ ओभरमा मैदानमा अत्याधिक मात्रामा मौरी प्रवेश गरेपछि खेललाई करिब एक घण्टा रोक्नु परेको थियो। यतिबेला श्रीलंकाको योगफल १ सय १७ रनमा ४ विकेट थियो।

मौरी धपाउन मैदानमा काम गर्नेहरूले आगो निभाउने ठूलो स्प्रेको प्रयोग गरेका थिए। यो घटनापछि श्रीलंकाले २३ ओभरमा ४६ रन जोड्दै ६ विकेट गुमाएको थियो। खेल दक्षिण अफ्रिकाले ७ विकेट लिए जितेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार