टेलिकमका प्रिपेड ग्राहकलाई अाजबाट फोर-जी र सिआरबिटी सेवा

टेलिकमका प्रिपेड ग्राहकलाई अाजबाट फोर-जी र सिआरबिटी सेवा


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २२ माघ २०७३
  • 8.1K
    Shares

काठमाडौं, २२ माघ ।

पोष्टपेडमा फोर-जी दर्ता गर्ने ग्राहकको संख्या बढ्दै गर्दा टेलिकमले फोर-जी सेवा दिन लागेको हो । काठमाडौं र पोखराका प्रिपेड ग्राहकलाई मात्र यो सेवा उपलब्ध हुनेछ ।

गत पुस १७ गतदेखि टेलिकमले काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई फोर-जी सेवा दिन सुरु गरेको थियो । अब टेलिकमको वाषिर्क उत्सवका अवसर पारेर फोरजीको प्रिपेडमार्फत ब्यवसासयिक लञ्चिङ गर्न लागिएको हो ।

यस्तै शनिबारदेखि कल रिङ ब्याक टोन (सिआरबिटी) सेवा फेरि सुरु गर्दैछ । केही समयअघिदेखि बन्द सेवा शनिबारदेखि फेरि दिन लागेको टेलिकमले जनाएको छ ।

सिआरबिटी सेवा लिएपछि आफूले मन परेको गीत सेट गर्न सकिन्छ । त्यसपछि फोन गर्नेले त्यो गीत सुन्न सक्छ । त्यसबापत निश्चित रकम ब्यालेन्सबाट काटिन्छ ।

त्यो रकममध्येको केही प्रतिशत गीतका सर्जकलाई उपलब्ध गराउने गरिन्छ । १३ औं वार्षिकोत्सवको अवसरमा टेलिकमले ग्राहकलाई केही नयाँ अफर घोषणा गर्ने तयारी पनि गरेको छ ।

प्रतिक्रिया