पुनर्संरचना आयोगको प्रतिवेदन नआएसम्म चुनाव गर्न सकिदैन – प्रमुख निर्वाचन आयुक्त

पुनर्संरचना आयोगको प्रतिवेदन नआएसम्म चुनाव गर्न सकिदैन – प्रमुख निर्वाचन आयुक्त


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २१ माघ २०७३
  • 7.4K
    Shares

काठमाडौं, २१ माघ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले चुनावको मिति र पुनर्संरचना आयोगको प्रतिवेदन नपाएसम्म ठोस रुपमा चुनावको तयारी गर्न नसकिने बताएका छन् ।

काठमाडाैंमा भएकाे एक कार्यक्रममा प्रमुख आयुक्त यादवले प्रतिवेदन नपाएसम्म मतदान केन्द्र कहाँ राख्ने, मतदान अधिकृत कसरी खटाउने, मतपत्र कस्तो हुने र कसरी छाप्ने लगायतका कुरा टुङ्गो लगाउन नसकिने बताए ।

सरकारले मिति नतोकी चुनावको तयारी गर्न पठाएको पत्रले चुनाव हुनेमा आशा जगाए पनि त्यतिले पर्याप्त नहुने बताए । उनले भने ‘सरकारले पठाएको पत्रले टुकी बाल्ने काम भएको छ । तर उज्यालो दिने गरी बल्न पाएको छैन ।’

आयोग जेठ भरमा चुनाव गराउन प्रतिबद्ध रहेको भन्दै प्रमुख आयुक्त यादवले चुनाव सम्बन्धी बाँकी काम तत्काल गर्न दलहरु र सरकारलाई आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार