प्रेम गरेको आरोपमा विद्यालयबाट निस्कासित छात्रद्वारा आत्महत्या

प्रेम गरेको आरोपमा विद्यालयबाट निस्कासित छात्रद्वारा आत्महत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० माघ २०७३
  • 29.3K
    Shares

जेम्स स्कुल धापाखेल ललितपुर

एलएलसी दिने तयारीमा रहेका एक विद्यार्थीलाई प्रेम गरेको भन्दै ललितपुरको धापाखेलमा रहेको जेम्स स्कुलले विद्यालयबाट निस्कासन गरिदिएपछि आत्महत्या गरेको रहस्य खुलेको छ l उमेरले १५ बर्ष पूरा भएका काठमाडौं महानगरपालिका–१४ बल्खु स्थित कुमारी क्लव पछाडी परिवारसँगै बस्दै आएका दाङका प्रज्वल शर्मा यसपाली एलएलसी दिने तयारीमा थिए । जेम्समा आफुसँगै पढ्ने केटी साथीसँग उनको माया बसेको थियो ।

निकै चर्चित मानिने जेम्स स्कूलका प्रिन्सिपल बादल प्रधानले प्रज्वलको प्रेम सम्बन्धबारे थाहा पाएपछि गत मंगलबार स्कुलबाट निकालिदिएको परिवार स्रोतले दाबी गरेको छ । स्कुलले निकालेपछि निकै तनावमा थिए प्रज्वल । विद्यालयले निलम्बन गरेपछि निकै तनावमा देखिएका प्रज्वललाई परिवारले संझाएर राखेका पनि थिए l तर उनलाई आफु सुत्ने कोठामा बिहिबार मध्यान्ह साढे २ बजेतिर ढोकामा चुकुल लगाएर फ्यानको हुकमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारे र प्रहरीको रोहबरमा उपचारका लागी बल्खुस्थित बयोधा अस्पताल लैजाँदा मृत्यु भएको पारिवारिक स्रोतको भनाई छ ।

 

दाङको परस्पुर गाविस घर भएका प्रज्वलको आमा त्रिभुवन विश्वाविद्यालयका कर्मचारी हुन् । प्रज्वलले आत्महत्या गरेको खबर सुन्दा आफुलाई निकै दुःख लागेको बताउँदै जेम्स स्कुलका प्रिन्सिपल बादल प्रधानले भने, ‘हामीले निलम्बन गरेको हैन, प्रज्वल मंगलबार विद्यालय आएको थिएन हामीले किन स्कुल नआएको भनेर परिवारलाई सोध्नका लागी सम्पर्क गरेका थियौं उहाँहरुले दुःखद खबर सुनाउनुभो ।’

प्रतिक्रिया
सम्बन्धित समाचार