प्रहरीका मुद्दा मिलाइदिन्छु भनेर ठगी गर्दै हिँड्ने पक्राउ

प्रहरीका मुद्दा मिलाइदिन्छु भनेर ठगी गर्दै हिँड्ने पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० माघ २०७३
  • 5.8K
    Shares

भक्तपुर,२० माघ ।

प्रहरी कार्यालयमा रहेका विभिन्न मुद्दा मिलाइदिन्छु भन्दै रकम उठाएर ठगी गरेको आरोपमा राजु थापा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी बृत्त ठिमीले धनकुटा जिल्ला फलाटे–९ घर भई हाल काठमाडौं महानगरपालिका ठमेल स्थित डान्सबार तथा होटलमा काम गर्ने ३८ वर्षका राजुलाई पक्राउ गरेको हो ।

प्रहरी कार्यालयमा रहेका विभिन्न मुद्दा मिलाइदिन्छु भनि रकम उठाएर ठगी गरेको भन्दै धेरैको उजुरी परेपछि पक्राउ गरि थप अनुसन्धान अगाडि बढाएको प्रहरी बृत्त ठिमीका प्रहरी नायव उपरीक्षक श्यामबाबु ओलीयाले जानकारी दिए ।

प्रतिक्रिया