नेत्रहिन विश्वकप क्रिकेट : नेपालद्वारा अष्ट्रेलियासामु १४४ रन लक्ष्य प्रस्तुत

नेत्रहिन विश्वकप क्रिकेट : नेपालद्वारा अष्ट्रेलियासामु १४४ रन लक्ष्य प्रस्तुत


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ माघ २०७३
  • 11.8K
    Shares

काठमाडौं, १८ माघ ।

नेत्रहिन विश्वकप क्रिकेटमा नेपालले अष्ट्रेलियालाई १ सय ४४ रनको लक्ष्य दिएको छ । भारतको दिल्लीमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनाएको हो ।

नेपालका सुनिल क्षेत्रीले ३४, किर्तन श्रेष्ठ दुवालले २९, रमेशबहादुर बानियाँले १८ र सुनिल थापाले १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालले ३८ रन अतिरिक्त पाएको छ ।

अष्ट्रेलिया बलियो टिम भए पनि नेपालले कडा टक्कर दिने नेपाली टोलीका प्रशिक्षक रिजन प्रजुले बताएका छन् ।  यसअघि सन् २०१२ मा भएको खेलमा नेपाल अष्ट्रेलियासँग ७ विकेटले हारेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार