स्थानीयले मारे मान्छे आक्रमण गर्ने चितुवा

स्थानीयले मारे मान्छे आक्रमण गर्ने चितुवा


  • जन संचार
  • सोमबार, २६ बैशाख २०७९
  • 2.2K
    Shares

मान्छेमाथि आक्रमण गरेपछि स्याङ्जाको हरिनास गाउँपालिका वडा नम्बर ६ क्याक्मी कोटथोक गाउँमा स्थानीयले चितुवा मारेका छन्।

बस्तीमा चितुवा छिरेसँगै स्थानीयले धपाउन खोज्दा मान्छेमाथि आक्रमण गरेको त्यहाँका स्थानीयले बताएका छन्।

घर नजिकै पातीको झ्याङमा लुकेको चितुवालाई धपाउन खोज्दा स्थानीय दुर्गाबहादुर गोतामेलाई आक्रमण भएको थियो। चितुवाको आक्रमणबाट हरिनास–६ कोटथोकका ४३ वर्षीय गोतामे घाइते छन्। गोतामेको कान, टाउको र हातमा चोट लागेको छ। उनलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि भीमाद लगिएको छ।

मान्छेमाथि चितुवाले आक्रमण गरेपछि स्थानीयले दाउराले टाउकामा हानेर मारेका हुन्।

प्रहरी र इलाका वन कार्यालय बिरुवाका वन अधिकृत हरिबहादुर थापा घटनास्थलमा पुगेर कागजी प्रक्रिया पूरा गरी मरेको चितुवालाई डिभिजन वन कार्यालय स्याङ्जा ल्याउने तयारी गरिएको छ।

वन अधिकृत थापाका अनुसार पोथी चितुवा १.६ मिटर लम्बाइ, ५२ सेमी उचाइ र १५ किलो तौलको रहेको छ।

 

 

प्रतिक्रिया