भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली–१ आयोजनामा कार्यरत पोखराकी सविना मिश्र सम्पर्कविहीन

भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली–१ आयोजनामा कार्यरत पोखराकी सविना मिश्र सम्पर्कविहीन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ भाद्र २०८३
  • 1.1K
    Shares

sabina mishra, , भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली–१ आयोजनामा कार्यरत पोखराकी सविना मिश्र सम्पर्कविहीन

पोखरा, ११ भदौ २०८३।

भोटेकोशी नाडीमा आएको बाढीपछि माथिल्लो त्रिशूली जलविद्युत्–१ आयोजना (२१६ मेगावाट) मा कार्यरत पोखराकी सविना मिश्र परिवारको सम्पर्कमा आउन नसकेकी छन्।

पोखराको छोरेपाटन माध्यमिक विद्यालयका शिक्षक महादेव पौडेलकी परिवारकी सदस्य मिश्र बाढीपछि सम्पर्कविहीन भएकी हुन्। बाढीपछि आयोजनास्थलमा रहेको DOOSAN Enerbility Site Office तथा सम्बन्धित कम्पनीबाट समेत मिश्रको अवस्थाबारे हालसम्म कुनै जानकारी प्राप्त हुन नसकेको परिवारले जनाएको छ।

बाढीका कारण आयोजनास्थलमा सम्पर्क तथा सञ्चारमा समस्या भएको हुनसक्ने भन्दै परिवारले मिश्रको अवस्थाबारे जानकारी लिन खोजी तथा समन्वयका लागि आग्रह गरेको छ।

मिश्रबारे कुनै जानकारी वा अवस्था थाहा भएमा ९८४९१५२२३६ वा ९८४७१२६९११ मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ।

परिवारले बाढीपछि सम्पर्कविहीन भएकी मिश्रको सुरक्षित अवस्थाबारे तत्काल जानकारी प्राप्त हुने अपेक्षा गरेको छ।

प्रतिक्रिया