आर्सनलका प्रशिक्षक वेङ्गरमाथि चार खेलमा लाग्यो टचलाईन प्रतिबन्ध

आर्सनलका प्रशिक्षक वेङ्गरमाथि चार खेलमा लाग्यो टचलाईन प्रतिबन्ध


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १४ माघ २०७३
  • 8.6K
    Shares

 एजेन्सी, १५ माघ ।

आर्सनलका प्रशिक्षक आर्सेन वेङ्गरमाथि चार खेलमा टचलाईन प्रतिबन्ध लागेको छ ।

फुटबल एसोसिएसनले गएको हप्ता भएको बनर्लीसँगको खेलमा खेल भावना विपरित व्यवहार गरेको भन्दै वेङ्गरमाथि चार खेलमा टचलाईन प्रतिबन्ध लगाएको हो ।

यस्तै वेङ्गरले २५ हजार पाउण्ड जरिवाना पनि तिर्नुपर्ने भएको छ । वेङ्गरले फोर्थलाईन अफिसियल एन्थोली टेलरलाई धकेलेको तथा अपशब्द प्रयोग गरेकोमा कारवाही गरिएको हो । प्रतिबन्ध एफए कप अन्तर्गत शनिबार राति साउथह्यामप्टनसँग हुने खेलदेखि नै लागु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार