सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने, एमालेद्वारा अन्य चार न्यायाधीशविरुद्ध पनि महाअभियोग प्रस्ताव ल्याउने तयारी

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने, एमालेद्वारा अन्य चार न्यायाधीशविरुद्ध पनि महाअभियोग प्रस्ताव ल्याउने तयारी


  • जन संचार
  • सोमबार, २ फाल्गुन २०७८
  • 2.9K
    Shares

अग्नि सापकोटा, केपी शर्मा ओली

प्रधान न्यायाधिश चोलेन्द्र समशेर राणाबिरुद्ध दर्ता भएको महाभियोग प्रस्ताब बारे छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ। बरु एमालेले सर्वदलीय बैठक डाकिएकै समयमा आफ्नो पार्टीको केन्द्रीय समिति बैठक बोलाएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव बारे छलफल गर्न सभामुख अग्नि प्रसाद सापकोटाले दिउसो दुई बजे सर्वदलीय बैठक बोलाएका छन्। सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव, संसद् र पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफल हुनेछ । आजको बैठकबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन हुनसक्ने बताइएको छ।

एमाले नेता तथा सांसद शेरबहादुर तामाङले सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने जानकारी दिए । उनका अनुसार आज बस्‍ने एमाले संसदीय दलको बैठकले यसबारे निर्णय गर्नेछ । उनले भने,’ सभामुखप्रति हाम्रो असहमति छँदैछ । सभामुखलाई नै महाअभियोग लाउनुपर्छ भन्‍नेमा हामी छौँ । दोस्रो कुरा जुन हिसाबले महाअभियोग आयो त्‍यमा पनि हाम्रो असहमति छ ।’

एमालेले आज बस्ने केन्द्रीय समितिको बैठकबाट अन्य चार न्यायाधीशविरुद्ध पनि महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको छ । उनका अनुसार एमालेले सभामुख सापकोटाविरुद्ध पनि महाअभियोग प्रस्ताव ल्याउने विषयमा समेत बैठकमा छलफल हुनेछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले सोमबार बिहान ११ बजेका लागि दलको बैठक बोलाएको हो ।

कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । महाभियोग दर्ता भएसँगै आइतबार बसेको एमाले सचिवालय बैठकले प्रतिवाद गर्ने निर्णय गरिसकेको छ ।

संघीय संसद सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले सोमबार बिहान ११ बजेका लागि दलको बैठक बोलाएको हो ।

प्रतिक्रिया