पोखरा, १३ असार २०८३।
रुकुम पश्चिममा फोर्स गाडी दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन्।
तुल्सीपुरबाट मुसिकोट खलंगातर्फ जाँदै गरेको लु २ ख ४९८० नम्बरको फोर्स गाडी जिल्लाको त्रिवेणी गाउँपालिका–६ डाँगीमोडस्थित राप्ती राजमार्गमा अन्यन्त्रित भै पल्टिएर दुर्घटनाग्रस्त हुँदा चालकसहित आठ जना घाइते भएका हुन्।
दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको छ। घाइतेमध्ये करिष्मा पुन मगरको अवस्था गम्भीर रहेको छ। चालक चन्द्रबहादुर विकसहित चार जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ भने अन्य तीन जना सामान्य घाइते भएका छन्।
घाइते हुनेमा चालक चन्द्रबहादुर विक (तुल्सीपुर उपमहानगरपालिका–१३, दाङ), सुष्मा खड्का (मुसिकोट नगरपालिका–८, रुकुम पश्चिम), हिमान्सु घर्ती मगर, रिमा वली (मुसिकोट नगरपालिका–११, रुकुम पश्चिम), विशाल पुन मगर (त्रिवेणी गाउँपालिका–७, रुकुम पश्चिम), करिष्मा पुन मगर, मदन घर्ती (राप्तीसोनारी गाउँपालिका–७, बाँके) र कैलाश विक (बागचौर नगरपालिका–२, सल्यान) रहेका छन्।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।