मनाङ र सहारा आहा रारा गोल्डकपको फाइनलमा

मनाङ र सहारा आहा रारा गोल्डकपको फाइनलमा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १३ माघ २०७३
  • 9.3K
    Shares

पोखरा, १३ माघ ।

गएको संस्करणको विजेता मनाङ मर्स्याङ्दी क्लब पोखरामा चलिरहेको १५ औँ आहा रारा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा बिहीबार भएको खेलमा संकटा क्लबलाई १-० गोल अन्तरले हराउँदै मनाङ्ग मर्स्याङ्दी फाइनलमा पुगेको हो ।

चारपटक आहा रारा गोल्डकपको उपाधी जितेको मनाङलाई फाइनलमा पुर्‍याउन खेलको एक मात्र गोल ओलाओलाले ८५ औं मिनेटमा गरे । मनाङले उपाधिका लागि आगामी शनिबार आयोजक सहारा क्लबसँग खेल्ने छ ।

प्रतियोगिताको विजेताले पाँच लाख एक हजार एक रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले दुई लाख ५१ हजार एक रुपैयाँ पाउनेछ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई एउटा हिरो स्कुटर प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट गोलकिपर , डिफेन्स, मिडफिल्ड, स्ट्राईकर र प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ नगद प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार