भारतीय प्रहरी बर्दी लगाएरै चितवन खुलेआम प्रवेश

भारतीय प्रहरी बर्दी लगाएरै चितवन खुलेआम प्रवेश


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ चैत्र २०७२
  • 11.4K
    Shares

चितवनमा भारतीय प्रहरीले बर्दी लगाएरै खुलेआम प्रवेश गरेका छन् । आज अपरान्ह केही संख्यामा बर्दी लगाएर भारतीय प्रहरीहरु चितवनको सौराहामा प्रवेश गरेका छन् । भारतीय प्रहरीहरु नवलपरासीहुँदै यहाँ आएको हुन सक्ने अनुमान गरिएको छ ।

कुनैपनि देशको प्रहरी अनुमती विना बर्दी र हतियारसहित अर्काको देशमा प्रवेश गर्न पाउँदैनन् । तर उनीहरु खुलेआम रुपमा सौराहाका रेष्टुरेन्टमा बसी रमाईलो गरिरहेको भेटिएका छन् । यसबारे जानकारी पाएपछि नेपाल प्रहरीले त्यसस्थानमा पुगेको छ । यसबारे विस्तृत विवरण आउन बाँकी रहेको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए । “मैले पनि बर्दी लगाएरै आएको जानकारी पाएको छु, थप जानकारी आउँन बाँकी छ”–उनले भने  ।

यसैबीच केहीबेरको अनुसन्धानपछि चितवन प्रहरीले बर्दी लगाएर आएका भारतीय प्रहरीका एसपी सहित चार जनालाई सौराहाबाट शुक्रवार साझ नियन्त्रणमा लिई छोडेको छ । भारतीय एसपी आर के सिंह सहित सौराहा आएको टोलीलाई इलाका प्रहरी कार्यालय रत्ननगर र बछौली प्रहरीको टोलीले साझ नियन्त्रणमा लिएको थियो ।

नबलपरासीको त्रिवेणीवाट नेपाल प्रवेश गरेको टोली नवलपरासी हुदै सौराहा आईपुगेको थियो । सौराहा आएर राप्ती नदि किनारमा रहेको रेष्टुरेष्टबाट उनीहरुलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको थियो । भारतीय एसपी सिंह परिवार सहित सौराहा घुम्न आएको उनको सुरक्षाको लागि तीन जना जवान पोसाक सहित आएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायव उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया