गोरखा, ८ भदौ २०८३ ।
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
स्थानीय हरि पोख्रेलको बारी जोतेर फर्कने क्रममा ग १ त ७५४८ नम्बरको ट्याक्टर करिब ३० मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा चालकको मृत्यु भएको हो।
दुर्घटनामा परेर गम्भीर घाइते भएका ट्रयाक्टर चालक चितवन घर भई सोही क्षेत्रमा बस्दै आएका ४५ वर्षीय चालक मोहनबहादुर बोहरालाई उपचारका लागि प्रदेश अस्पताल गोरखा हुँदै चितवनस्थित नेशनल सिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा आइतबार दिउँसो ३ः४६ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।